×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण एशियाकै ‘नम्बर वान’ राष्ट्र बन्यो नेपाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दक्षिण एशियाकै ‘नम्बर वान’ राष्ट्र बन्यो नेपाल

Artha Sarokar

८ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल दक्षिण एशियामा नै सबैभन्दा राम्रो कानुनी राज्य भएको देश मध्ये पहिलो देश हुन सफल भएको  छ । वर्ल्ड जस्टिस प्रोजेक्टले सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६ मा नेपाल दक्षिण एशियाका अन्य राष्ट्रलाई पछि पार्दै पहिलो नम्बरमा आउन सफल भएको हो ।

विश्वका ११३ देशको सूचीमा नेपाल ६३ औं स्थानमा परेकोे छ । नेपालभन्दा भारत ३ नम्बर पछाडि अर्थात ६६ औँ स्थानमा रहेको छ । विश्वमा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश डेनमार्क बनेको छ । दोश्रोमा नर्बे, तेश्रोमा फिनल्याण्ड, चौथोँमा स्वीडेन र पाचौँमा नेदरल्याण्ड पर्न सफल भएका छन् ।
दक्षिण एसियामा भारतपछि श्रीलंका ६८, बंगलादेश १०३, पाकिस्तान १०६, अफगानिस्तान १११ औँ स्थानमा रहेका छन् । त्यसैगरी छिमेकी मुलुक चीन ८० औँ स्थानमा रहेको छ । नेपालले भारत र चीनलाई समेत पछाडी पारेको हो ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी