Skip to content
LAXMI SUNRISE BANK

नेप्सेले रोक्यो नविकरण शूल्क नतिर्ने कम्पनीको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौंः नेपाल स्टक एक्सचेन्ज नेप्से ले २६ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । बार्षिक नवीकरण शुल्क नतिर्ने कम्पनीको सेयर कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ ।

कम्पनीहरुलाई पटक–पटक जानकारी गराउँदा पनि वार्षिक नविकरण शूल्क आर्थिक वर्षको प्रथम तीन महिना भित्र बुझाउनु पर्नेमा नबुझाएकाले बाध्य भएर कारोबार रोक्का गरेको जनाएको छ । कम्पनीहरुले तोकिएको बार्षिक नविकरण शुल्क बुझाएपछि कारोबार पुनः खुल्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि नै मर्जर तथा बार्षिक शुल्क नतिरेका कारण ३८ कम्पनीको सेयर कारोबार बन्द रोक्का गरेको थियो । थप २६ सहित रोक्का हुने कम्पनी ६४ पुगेका छन् । 

बन्द भएका नयाँ कम्पनीहरुमा अल्पाइन डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, भार्गभ विकास बैंक, वरुण हाइड्रोपावर कम्पनी, हाम्रो विकास बैक, कर्पोरेट डेभलपमेन्ट बैंक, आइएलएफसीओ माइक्रोफाइनान्स वित्तिय संस्था, जलविद्युत लगानी विकास कम्पनी, कर्णाली विकास बैक, कालिका माइक्रो क्रेडिट, किसान माइक्रोफाइनान्स, लक्ष्मी बैंक ऋणपत्र २०७६, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, महिला सहयात्रा, मञ्जुश्री फाइनान्स,मिर्मिरे माइक्रोफाइनान्स, मल्टिप्रपोज फाइनान्स,गवेली लघुवित्त, नेपाल ग्रामिण विकास बैक, एनबी इन्स्योरेन्स, नेपाल फाइनान्स एण्ड सेभिङ, नेरुडे लघुवित्त,टुरिज्जम डेभलपमेन्ट बैक, प्राइम कमर्सियल बैंक, साना किसान विकास बैक, सेती वित्तीय संस्था रहेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK