×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करीब १ प्रतिशतले घट्यो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

करीब १ प्रतिशतले घट्यो नेप्से

३० आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – आइतवार नेप्से परिसूचक शून्य दशमलव ९७ प्रतिशतले घटेको छ । केही समय उतारचढावमा रहेको बजार १ घण्टाको व्यापारपछि भने ओरालो झर्न थालेको हो । २ घण्टाका व्यापारमा नेप्से १७ दशमलव ६१ अङ्कले घटेर १ हजार ८ सय २ दशमलव २७ विन्दुमा पुगेको हो । सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा ९४ कम्पनीको रू. ३२ करोड बराबरको शेयर कारोबार भएको छ ।
होटल समूहको परिसूचक २ दशमलव ३३ प्रतिशत, बैङ्किङको १ दशमलव १७ प्रतिशत र वित्त कम्पनीको १ दशमलव शून्य २ प्रतिशतले घटेको छ । त्यस्तै, बीमा समूहको परिसूचक शून्य दशमलव ९५ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ५९ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ४४ प्रतिशत र जलविद्युतको शून्य दशमलव १८ प्रतिशतले घटेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी