Skip to content

नेप्से उकालो लाग्दै चार अर्ब भन्दा बढीको कारोबार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – धितोपत्र बजारमा यस साता कुल १५८ कम्पनीको चार अर्ब ४५ करोड तीन लाख २८ हजार मूल्य बराबरको ५२ लाख ९२ हजार १६० कित्ता सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार गतसाता १५२ कम्पनीको पाँच अर्ब ६५ करोड ४६ लाख ५८ हजार बराबरका ७२ लाख ३९ हजार ७५० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

कारोबार रकम गत साताको भन्दा २१।२७ प्रतिशत कम रहेको स्टकले जनाएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२।७४ अङ्कले बढेर अन्तिम दिन एक हजार ७५३।३८ अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५।२२ अङ्कले बढेर ३८०।२६ अङ्कमा आइपुगेको छ । यससाता कारोबार रकमको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ५३ करोड एक लाख २० हजार मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

त्यसैगरी, कारोबार भएको सेयर सङख्या पाँच लाख ११ हजार कित्ताको आधारमा नबिल ब्यालेन्स फन्ड एक अग्रस्थानमा रहेको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष पाँच दिन खुला रह्यो । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्