
नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएका १३ कम्पनीको कारोबार मंगलबार पनि रोक्का भएको छ। सोमबार रोक्का गरिएका २६ कम्पनी मध्य १३ कम्पनीले बार्षिक नबिकरण शुल्क तिरेपछि यी कम्पनीहरुको कारोबार भने फुकुवा भएका छन।
आर्थिक बर्षको पहिलो ३ महिना भित्र अनिवार्य रुपमा बार्षिक नबिकरण शुल्क तिर्नुपर्ने कानुनि व्यवस्था भएको बारे कम्पनीहरुलाई जानकारी गराउदा पनि अन्तिम म्याद सम्म नबिकरण शुल्क नतिरेकाले कारोबार रोक्का गर्नु परेको नेप्सेले जनाएको छ। धितोपत्र सूचीकरण नियमावली, २०५३ (दोस्रो संशोधन) को विनिमय १७ क अनुसार सम्बन्धित सुचिकृत संगठित संस्थाहरुको सूचीकरण तथा कारोबार रोक्का गरिएको हो।
कम्पनीले तिर्नुपर्ने नबिकरण शुल्क तिरेपछि रोक्का गरिएका कम्पनीहरुको शेयर कारोबार पुन संचालनमा आउने छ। यससंगै नेप्सेमा कारोबार रक्का गरिएका कम्पनीहरुको संख्या ५२ पुगेका छन। मर्जर तथा बार्षिक शुल्क नतिरेका कारण यस अघि नै ३ दर्जन भन्दा बढी कम्पनीको सेयर कारोबार बन्द थियो ।
मंगलबारबाट कारोबार बन्द गरिएका कम्पनीहरु
- आईएलएफसीओ माइक्रोफाइनान्स
- कर्पोरेट डेभलपमेन्ट बैंक
- कर्णाली विकास बैंक
- किसान माइक्रोफाइनान्स
- लक्ष्मी बैंक ऋणपत्र २०७६
- एलआईसी नेपाल
- कालिका माइक्रोफाइनान्स
- महिला सहयात्रा माइक्रोफाइनान्स
- मल्टी पर्पोच फाइनान्स
- नेपाल फाइनान्स
- सेती फाइनान्स
- नागवेली लघुवित्त विकास बैंक
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्