
नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा बुधबार मात्रै २ कम्पनीका ४० लाख कित्ता शेयर सुचिकृत भएका छन। बुधबारको कारोबारमा शेयर सुचिकृत हुनेमा रिलायबल डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन।
रिलायबल डेभलपमेन्ट बैंकको ७ लाख १६ हजार ८ सय ९३ कित्ता बोनस शेयर सुचिकृत भएका छन। बैंकको १० औ साधारणसभाले लगानीकर्तालाई गत आर्थिक बर्षको कमाइबाट १० प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको थियो। सोहि साधारणसभाले लगानीकर्तालाई शत प्रतिशत हकप्रद दिने निर्णय गरेको थियो। यद्दपी उक्त निर्णय कार्यन्वयन नगरी ग्लोबल आइएमई बैंकसंग मर्जरमा जाने निर्णय गरेकाले धितोपत्र बोर्डले पहिले हकप्रद निष्काशन र त्यसपछि मात्र प्राप्तिमा जान निर्देशन दिएको छ।
त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको ५ लाख ३४ हजार ५ सय ६० कित्ता बोनस तथा १८ लाख ४० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएका छन। बैंकको ११ औ बार्षिक साधारण सभाले लगानीकर्तालाई गत आर्थिक बर्षको कमाइबाट २० दशमलब ८५ प्रतिशत बोनस तथा २५ प्रतिशत हकप्रद दिने प्रस्ताव पारित गरेको हो।
नेप्सेमा सुचिकृत भएसंगै यी कम्पनीका बोनस शेयर भएका शेयरधनीहरुले शेयर कारोबार गर्न सक्ने छन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्