Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा ५ अंकको गिरावट, २ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

अर्थ सरोकार

बुधबारको कारोबारमा पनि नेप्से झिनो अंकले घटेको छ। कारोबार सुरु भएको करिब २५ मिनेटसम्म हरियो रहेको बजार त्यसपछि  ओरालो लाग्दै ४.८४ अंकले घटेर १७८७.८९ को बिन्दुमा रोकिएको छ। 
होटेल्स समुह बाहेक सबै समुहगत सूचक घटेको बुधबारको कारोबारमा १ सय २१  कम्पनीका करिब ८ लाख ५० हजार शेयर खरिद बिक्रिबाट ५६ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। जुन अघिल्लो दिनको तुलनामा ६ करोडले बढी हो । 
जसमा सबै भन्दा बढी कुमारी बैंकको ५ करोड  बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुनेमा शिखर इन्स्योरेन्स, बैंक अफ काठमान्डौ लुम्बिनी लिमिटेड, मच्चापुच्छ्रे बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड रहेका छन। 
 त्यस्तै बुधबारको कारोबारमा कमाउनेमा रिलायबल माइक्रो फाइनान्स वित्तीय संस्था, कामना विकास बैंक, जन उत्थान सामुदायिक विकास बैंक, प्रोग्रेशिभ फाइनान्स , त्रिवेणी विकास बैंकका लगानीकर्ता रहेका छन। यस दिन रिलायबल माइक्रो फाइनान्स वित्तीय संस्था र कामना विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 
विजय लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक , कन्काई विकास बैंक, निर्धन उत्थान विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने आजको कारोबारमा गुमाएका छन।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK