Skip to content

लामो समय पछि नेप्से पुन १८ सय बिन्दु माथि, ४ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

Dish Home

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – अढाई महिनापछि बजार परिसूचक नेप्सेले पुनस् १८ सय अंकको बिन्दु पार गरेको छ । यस अघि साउनको पहिलो साता नेप्सेले १८ सय बिन्दु पार गरेको थियो । आज ८।१० अंकले बढेको बजार १८०६।६० अंकको उचाइमा पुगेको छ ।  अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केहि गिरावट आएको छ ।
यस दिन हाइड्रोपावर, इन्स्युरेन्स र उत्पादन समुहका सूचक बाहेक अन्य सबै सूचक बढेका छन ।बुधबारको कारोबारमा १ सय ३२  कम्पनीका १० लाख १८ हजार २ सय ४५ कित्ता शेयर खरिद बिक्रिबाट ९२ करोड ८४ लाख बराबरको कारोबार भएको छ । जसमा  बैंक अफ काठमाडौँ लिमिटेडको सबै भन्दा धेरै २९ करोड ८८ लाख बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा एभरेस्ट बैंक लिमिटेड,  शिखर इन्स्युरेन्स, प्रभु इन्स्योरेन्स , नेपाल बंगलादेश बैंक रहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्