
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – साताको चौथो दिन बुधबार नेप्से बजारमा आज भने सामान्य सुधार आएको छ। केहि दिन अघि देखि निरन्तर रुपमा घटेको नेप्से बजार आज बुधबार २ ४६ अंकले बढेर १७५३ ४६ को उचाईमा पुगेको छ ।
कारोबार सुरु हुँदा ओरालो लागेको बजार पछि सम्हालिएर बढेको थियो । आज कारोबारमा आएका सूचक मध्ये बाणिज्य बैंक, डेभलपमेन्ट बैंक र हाइड्रोपावर बाहेकका सूचक बढेका छन् ।
यस दिन १ सय ३० कम्पनीका १० लाख ५४ हजार १ सय ६३ कित्ता शेयर खरिद बिक्रिबाट ८१ करोड ८२ लाख ७ हजार ३ सय ४९ रुपैयाँको कारोबार भएको छ । जसमा माछापुछ्रे बैंक लिमिटेडको मात्र ६३ करोड ७९ लाख ७ हजार ४ सय ६० को कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा शिखर इन्स्योरेन्स कम्पनी, जनता बैंक , एभरेस्ट बैंक, नेपाल बंगलादेश बैंक लिमिटेड रहेका छन् ।
त्यस्तै बुधबार कारोबारमा बढी कमाउनेमा जनउत्थान सामुदायिक लघु बित्ता विकास बैंक, सिभिल बैंक लिमिटेड, मेगा बैंक, सिर्जना फाइनान्स, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । यस दिन जनउत्थान सामुदायिक लघु बित्ता विकास बैंक र सिभिल बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
राप्ती भेरी विकास बैंक, एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १, सिद्दार्थ इक्विटी ओरियानटेड स्किम, किसन माइक्रोफाइनान्स वित्तीयसन्ता, जल बिद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले भने आजको कारोबारमा गुमाएका छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्