Skip to content
LAXMI SUNRISE BANK

नेप्से शुन्य दशमलव छब्बिसले बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं –  साताको अन्तिम दिन नेप्से परिसूचक शून्य दशमलव २६ प्रतिशतले बढेको छ । पहिलो आधा घण्टासम्म घटिरहेको बजार १ घण्टाको व्यापारमा ४ दशमलव ५७ अङ्कले बढेर १ हजार ७ सय ५८ दशमलव शून्य ३ विन्दुमा पुगेको हो ।
 यस समयमा वित्त कम्पनी बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस व्यापार अवधिमा माछापुच्छ्रे बैङ्कको रू। १ करोड ५२ लाख  बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको प्रति कित्ता शेयर रू। ७ सय ९८ मा किनबेच भइरहेको छ ।
जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत, बैङ्किङको शून्य दशमलव ३६ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव १९ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशलमव १५ प्रतिशत र बीमाको शून्य दशमलव ११ प्रतिशतले बढेको छ । वित्त कम्पनी समूहको परिसूचक भने शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको हो ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK