
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एनआईसी एशिया बैंकले मोरङकोे बिराटनगर र उर्लाबारीमा शाखा बिस्तार गरेको छ । बैंकका अध्यक्ष जगदिशप्रसाद अग्रवालले मोरङमा बिस्तारित दुवै शाखाको उद्घाटन गरेका हुन् ।बिराटनगरको पुष्पलाल चोक तथा मोरङ र झापाको सिमानामा पर्ने उर्लाबारी बजारमा बिस्तारित शाखाले दमक, उर्लाबारी, पथरी, बिराटनगर, इटहरा र आसपासका सर्वसाधारणलाई आधुनिक बैंकिग सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।
शाखा उद्घाटन गर्दै बैंकका अध्यक्ष अग्रवालले शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंक रहेको दाबी गर्दै अझै शाखा बिस्तार गर्ने बताए ।
उनका अनुसार पछिल्लो समय तिब्र बजारीकरणको क्रम चल्दै गर्दा एनआईसी एशियाले सम्भावित बजारहरुमा शाखा बिस्तारलाई प्राथमिकतामा राखेको छ । २ शाखा थपिएसँगै बैंकको शाखा सञ्जाल ७४ तथा एटिएम संख्या ६९ पुगेको छ ।
बैकले गत असोज मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ प्रतिशत बढी खुद नाफा कमाएको छ । पूँजी बढाउने क्रममा पनि बैंकले खुद नाफा १५ करोडबाट २६ करोड पुर्याएको हो ।
बैंकको हालै सम्पन्न १९ औं वार्षिक साधारण सभाले बैंकका शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ भने बोनस बितरण पश्चात बन्ने पूँजीको प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्