
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – उपप्रधान मन्त्री एवं गृह मन्त्री विमलेन्द्र निधिले निर्धारित समय भित्रै तीन तहको निर्वाचन गराउनु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।
६१ औँ प्रहरी दिवसको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोगित कार्यक्रममा गृहमन्त्री निधिले २०७४ माघ ७ गते भित्र स्थानीय, प्रादेशिक र संघीय गरी तीनै तहको निर्वाचन गराउनु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे। उनले वर्तमान सरकार तथा समग्र जनताको राष्ट्रिय दायित्व नै संविधान कार्यान्वयन रहेको बताए। उनले संविधानमा भएका केही विषय प्रति राजनीतिक दलहरुको विमतिलाई संविधान संसोधनमार्फत सम्बोधन गर्ने बताए। उनले निर्वाचन गराउनेतर्फ राष्ट्रका सबै पक्षले आ(आफ्नो स्थानबाट योगदान दिनुपर्ने उल्लेख गरे।
गृहमन्त्री निधिले बाटो घाटो, पुल(पुलेसा जस्ता भौतिक पुर्वाधारका विषयसँगै प्रहरी चौकी पनि सर्वसाधरणको आवश्यकता र रोजाइमा पर्ने गरेको उल्लेख गरे। उनले परिवर्तित सन्दर्भमा प्रहरीका काम कारवाही प्रत्यक्ष जनतासँग जोडिनु अत्यन्तै सकारात्मक भएको भन्दै प्रहरी संगठनको प्रशंसा समेत गरे। कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले परिर्वर्तित सन्दर्भमा पनि प्रहरी संगठनले आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गरिरहेको उल्लेख गरे।
परिर्वतित सन्दर्भमा नेपाल प्रहरी पनि संघीय स्वरुपमा जानुको विकल्प नरहेको बताए। कार्यक्रममा अमर प्रहरीका परिवारलाई पुरस्कार वितरण पनि गरिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्