×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होसियार ! गाउँ गाउँमा नयाँ नोटका नाममा ठगी, बन्डलबाट गायब छन् ३ देखि ५ वटा नोट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

होसियार ! गाउँ गाउँमा नयाँ नोटका नाममा ठगी, बन्डलबाट गायब छन् ३ देखि ५ वटा नोट !

२३ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – दशैंमा नयाँ नोट पाउन साच्चै सास्ती परेको थियो यसपाली । विशेषगरी सय बाहेकका अन्य नयाँ नोट पाउँन मुस्किल परेको थियो । तर यहि नाममा गाउँ गाउँमा पुग्ने नयाँ नोटमा भने ठगी हुने गरेको तथ्य फेला परेको छ । विशेषगरी काभ्रेका गाउँ गाउँ पुगेका नयाँ नोटका बन्डलहरुमा नयाँ नोट हुनुपर्ने जति छैनन्  

यसरी हुन्छ ठगी :
नयाँ नोटलाइ लिएर विभिन्न तरिकाले ठगी हुने गरेको छ । कतिले ज्याला भन्दै केहि नोट आफुसंग राख्ने गरेका छन्बी भने कतिपयले झुक्काएर  केहि  नोट आफुसँग राख्ने गरेका छन् । बीचको  नयाँ नोट झिकेर अगाडी र पछाडिको नम्बरका आधारमा नोट पूरै छ भनी ठग्ने काम गरिएको छ । बीचमै नोट पुगेन भने नयाँ भएकाले झुक्कियो वा टाँसीयो भन्दै जनता झुक्काउने काम भएको छ । विशेषगरी शहरबाट गाउँ लागेकाले यसरी झुक्काएर अरुलाई कम नोट दिने गरेको तथ्य फेला परेको हो ।

काभ्रेमा भयो यस्तो घटना :
घटना काभ्रेको हो । काभ्रेको भकुन्डेबेसी, फेदी, मण्डन, दाप्चा, कटुन्जे लगायतका ठाउँमा पुगेका नयाँ नोटमा पुरै नोट नै छैनन् ।  काभ्रे पुगेका अधिकांस नयाँ नोटका बन्डलहरुमा पूरै नोट छैनन् । पाँच रुपैयाँको नोटमा ५ वटासम्म १० को नयाँ नोटमा ३ वटा सम्म ५० को नयाँ नोटमा २ वटा सम्म र सयको नयाँ नोटमा १ वटा नोट प्राय सबै बन्डलबाट गायब छन् । यता कतिप्याले भने खुलेआम रुपमै केहि नोट ज्यालाका रुपमा राखेको बताउँछन् ।
बैंक नै भन्छ यस्तो त ठगी हो :
काभ्रेमा रही संचालन भएका कतिपय बैंकहरुले नै बिचौलियाहरुले यस्तो दलाली गर्ने गरेको बताएका छन् । ‘हामीकहाँबाट लैजाँदा पूरै नोट हुन्छ, बीचमै विचौलियाहरुले केहि नोट आफैं राख्छन् भन्ने सुनेका छौं ‘ एक बैंकरले अर्थ सरोकार डटकमलाई भने । यसबारे प्रहरीले भने आफूकहाँ यसबारे उजुरी नपरेको बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी