×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसकारण खोसीयो नेपाल राष्ट्र बैंकका प्रवक्ता पंगेनीको पद, नारायण पौडेल नयाँ प्रवक्ता !

GLOBAL IME BANK

यसकारण खोसीयो नेपाल राष्ट्र बैंकका प्रवक्ता पंगेनीको पद, नारायण पौडेल नयाँ प्रवक्ता !

४ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – त्रिलोचन पंगेनी नेपाल राष्ट्र बैंकको  प्रवक्ताको जिम्मेवारीबाट मुक्त भएका छन् । पंगेनीको ठाउँमा राष्ट्र बैंकले सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायण पौडेललाई प्रवक्ता बनाएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले कात्तिक २ गते नै प्रवक्ता परिवर्तन गरेको जनाएको हो । राष्ट्र बैंकमा कर्मचारीदेखि उच्च अधिकारीसम्मले नरुचाएका पंगेनी प्रवक्तानै भएपनि खासै सक्रिय थिएनन् । तत्कालीन समयमा डेपुटी गभर्नरका आकांक्षी रहेका उनी डेपुटी गभर्नर हुन नपाएपछि निराश बनेका हुन् ।
प्रवक्ता तोकिएका पौडेल झण्डै तीन दशकयता राष्ट्र बैंकमा कार्यरत कर्मचारी हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: