
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कहिले कर नतिरेको विवाद त कहिले कार्यक्रमका नाममा लागु पदार्थको विक्रीलाई प्रोत्शाहन गरेको चर्चा । र लामो समयदेखि जनता लुटीरहेको आरोप ।ठाउँ ठाउँमा आफुलाई टेलिकम प्रयाद कम्पनीहरुमध्ये अब्बल ठान्ने एनसेलले फेरी एक पटक लप्पो खानु परेको छ । फोर-जी सेवा सञ्चालनका लागि उसले गरेको प्रयास एकातर्फ असफल भएको छ भने अर्कोतर्फ नेपाल टेलिकमले सोहि सुविधा ल्याएर लप्पो खुवाईदिएको छ ।
हुन त नेपाल टेलिकम र एनसेल बीचको प्रतिष्पर्धालाई नेपाली कर्पोरेट बजारमा राम्रै चर्चा गर्ने गरिन्छ । कुनै सेवामा एनसेल अगाडी छ त कहिले एनटीसी । एसपाली नेपाल टेलिकमले एनसेललाई पछारेको छ ।
प्राधिकरणका अध्यक्ष दिगम्बर झाका अनुसार नेपाल टेलिकमभन्दा पहिले एनसेललाई ‘फोर जी’ दिने तयारी असफल भएको हाे । सञ्चार मन्त्रालय र प्राधिकरणकै दबाबपछि झा आफ्नो तयारीबाट पछि हटेको प्राधिकरण स्रोतले बताएको छ ।
व्यवस्थापिका संसद्को अर्थ समितिको निर्देशनलाई समेत लत्याउँदै आएका झाले सरकारी स्वामित्वको नेपाल टेलिकमभन्दा पहिले फाेर जी सञ्चालनकाे लागि अावश्यक तयारी पूरा नगरेकाे विवादित विदेशी कम्पनी एनसेललाई चौथो पुस्ताको सेवा सञ्चालनको अनुमतिको लागि प्रयास गरेका थिए । यो विषलाई लिएर नेपाल टेलिकमभित्रै पनि राम्रै खैलाबैला मच्चिएको टेलिकम स्रोतले बताएको छ ।
एनसेलले खुब प्रयास गरेको भएपनि नेपाल टेलिकमले अब १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको छ । टेलिकमले १० मेगाहर्जबाट ‘टु जी’ र ‘थ्री जी’ सेवालाई निरन्तरता दिनेछ भने ५ मेगाहर्जबाट ‘फोर जी’ सञ्चालन गर्नेछ । यो योजना सबैभन्दा पहिला दुई महिना भित्र काठमाडौं र पोखरामा ‘फोर जी’ सेवा संचालनमा ल्याउने बताउँदै त्यसकाे सम्पूर्ण तयारीसमेत भइसकेकाे बताइएको छ ।
पटक पटक विवादमा आएको कम्पनी एनसेलले यो हारसँगै अर्को क्षतिपनि बेहोर्नु परेको छ । यो सेवा सञ्चालन गर्न पाएको भए एनसेललाई मोटो रकमको फाइदा हुने थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्