
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शुक्रबार हुने भनिएको बंगलादेश भ्रमण रद्ध भएको छ ।
बंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणामा राजधानी ढाका जान लागेका ओलीको भ्रमण शुक्रबार बिहान एकाएक स्थगित हो ।
एमाले र माओवादीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएपछि देशमा विकशित पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर भ्रमण स्थगित भएको एमाले स्रोतले जानकारी दिएको छ ।
ओलीको सक्रियतामा संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि लोकमानलाई हटाउन आवश्यक सहयोग जुटाउन ओली दौडधुपमा छन् ।
लोकमानलाई महाअभियोग लगाउने विषयमा एमालेमा खासै विवाद नदेखिएपनि कांग्रेस र माओवादीमा पववाद देखिन थालेको छ । कांग्रेसले महाअभियोगको पक्षमा उभिने या पवपक्षमा भन्ने निर्णय लिन सकेको छैन भने माओवादीमा खाली कागजमा हस्ताक्षर गराएर महाअभियोगको प्रस्ताव दर्ता गर्न आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको भन्दै सांसदहरुले आक्रो पोखेका छन् । उता भारतले महाअभियोग प्रस्ताव फिर्ता गराउन राजनीतिक दललाई दबाब दिइरहेको बुझिएको छ ।
बुधबार लोकमान नेपाल फर्कने सुइको पाएपछि हतार हतार सदनमा दर्ता भएको महाअभियोग प्रस्ताव फेल भएर लोकमान बचेमा उनको पहिलो निशानामा ओली पर्ने निश्चित भएको चर्चा चलिरहेका बेला ओलीले आफ्नो भ्रमण स्थगित गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्