- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले र मधेस केन्द्रित दलहरुका कारण संविधानका विवादित विषयमा सहमति खोज्न कठिन भएको बताए।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको कार्यक्रममा उनले एमालेलाई संविधान संशोधनमा सहयोग गर्न र मधेस केन्द्रित दललाई संविधान स्वीकार गर्न आग्रह गरे। ओलीजी किन बाठो हुनुभएर कुरा अड्काइराख्नु भएको होला, जिम्मेवार पार्टीले त्यसो गर्न सुँहाउछ, उनले प्रश्न गरे मधेस केन्द्रित दलहरु पनि संविधानको विकल्प खोज्नुहुन्छरु कस्तो विकल्प खोजेको होला, यसैलाई मिलाउदै लाँदा उहाँहरुलाई पनि सजिलो हुनुपर्ने हो।
उनले अब राजनीतिक उल्झनमा नलागी आर्थिक विकास तर्फ लाग्न सबैलाई आग्रह समेत गरे। उल्झनका कारण राजनीति पेशा नै घिनलाग्दो हुँदै गएकोले सबै नेताहरुले यसबारे गम्भिर सोच्ने दिन आएको समेत बताए। स्थानीय तहको पुनर्संरचना गर्न गठित आयोगको कार्यविधि ब्यबहारिक नभएको भन्दै नेता पौडेलले यो कार्यविधि अनुसार धेरै संरचना बदल्ने अवस्था आउने बताए।
आयोगले खडा गरेको संरचना अनुसार सबै ठाँउ सार्नुपर्छ त्यसरी किन विर्गान खोजेका होलान् त्यो मैले बुझ्न सकेको छैन पौडेलले भने गाँउमा गाउँपालिका हुनुपर्छ, त्यसलाई सबै अधिकार दिएर सशक्तिकरण गर्नुपर्दछ।ु कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु डा। मिनेन्द्र रिजाल, धनराज गुरुङ, शंकर भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्ट, प्रेस युनियन अध्यक्ष बद्री सिग्देल लगायत सहभागी थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्