Skip to content
LAXMI SUNRISE BANK

कानुनी प्रक्रियाले गर्दा महाभियोग प्रस्ताव ढिला भएको , सभामुख घतीै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बातादाता 

काठमाडौं – सभामुख ओनसरी घर्तीले संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन अब बिलम्ब नहुने जानकारी दिएकी छन्। आफ्नै कार्यकक्षमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख घर्तीले महाभियोगबारे परामर्श गर्न कांग्रेसले समय माग गरेकाले केही दिन ढिला भएपनि अब बिलम्ब नहुने जानकारी दिइन्। ुयो प्रक्रिया अगाडि बढ्छ। यसमा कुनै विलम्ब हुँदैनु उनले भनिन् कांग्रेसले परामर्श गर्न समय माग गरेपछि केही ढिला भएको हो। अब कुनै विलम्ब हुँदैन।
 संसद सचिवालयमा कात्तिक ३ गते दर्ता भएको महाभियोग प्रस्ताव कांग्रेसले परामर्शका लागि समय माग गरेका कारणले संसदमा टेबुल हुन केही ढिला भएको उनले बताइन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाभियोगको विषयमा साझा सहमति जुटाउन प्रयास भइरहेको आफूलाई जानकारी दिएको सभामुख घर्तीले बताइन्। ुमहाभियोग प्रस्तावमा चलखेल हुने कुनै ठाउँ छैन।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK