Skip to content
LAXMI SUNRISE BANK

सम्पूर्ण समस्याको जड काश्मिर हो : पाकिस्तान

अर्थ सरोकार

काठमाडौं – भारतले सवै समस्याको जड आतंकवाद र आतंकवादको जनक पाकिस्तान भएको आरोप लगाइरहँदा पाकिस्तानले सम्पूर्ण समस्या काश्मिरमा केन्द्रीत रहेको वताएको छ।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले समस्याको समाधानका लागि काश्मिर विवादको समाधान जरुरी रहेको वताए ।
नयाँ दिल्ली काश्मिर विवादको समाधान गर्न तयार रहे पाकिस्तान वार्ताका लागि तयार रहेको शरिफले वताए ।
यस क्षेत्रमा अशान्तीको मुख्य कारण काश्मिर मुद्दा भएको भन्दै नवाजले केहि मुद्दाका लागि पाकिस्तानले संवादको चासो राखेको तर दिल्लीले जवाफ नपठाएको तर्क गरे । उडी आक्रमणमा पाकिस्तानी संलग्नतालाई ठाडै अस्विकार गरेका शरिफले काश्मिर मुद्दाको शान्तीपूर्ण समाधानका लागि आफु तयार रहेको प्रष्ट्याए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK