
एजेन्सी–भारतअधिनस्थ काश्मिरमा आतंकवादी हमला भएर १८ भारतीय सैनिकको मृत्यु भएपछि भारत–पाकिस्तानबीचमा चर्को विवाद उत्पन्न भएको छ । सो घटनालगत्तै भारतले सर्जिकल स्ट्राइक अपरेशन गरेको भन्दै पाकिस्तनालाई थप अत्याउने काम गर्यो । भारतको यो कदमको विश्वभर विरोध समेत भैरहेको छ ।
त्यसको लगत्तै पाकिस्तानले समेत विभिन्न किसिमका विरोधका कदमहरु चाल्दै आइरहेको छ । उसले भारतलाई अत्याउनका लागि सैन्य अभ्यास हुँदै राजनीतिक, सामाजिक, कुटनीतिक र प्राविधिक लगायतका अभियानहरु चालिरहेको छ । त्यस्तै, पाकिस्तानसँग जोडिएर भर्खरै एउटा ठूलो घटना सार्वजनिक भएको छ । पाकिस्तानका एकजना ह्याकरले ७ हजार भारतीय वेभसाइटहरु ह्याक गरिदिएको दाबी गरेको छ ।
ह्याक हुने ती साइटहरुमा भारतीय सुरक्षा संयन्त्रका महत्वपूर्ण साइटहरु समेत भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि,भारतले सुरक्षा संयन्त्रसँग जोडिएका वेभसाइटहरुमा त्यस्तो आक्रमण भएको भन्ने विषय बाहिर ल्याएको छैन ।
हरेक भारतीय वेभसाइटलाई ह्याकरहरुको एउटा समुहले आक्रमणको निशाना बनाएको बताइएको छ । ह्याकरहरुको यो समुहले सोमबार मात्र भारतको प्रख्यात नेशनल ग्रीन ट्रिब्युनल (एनजीटी) को वेभसाइट ह्याक गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
साइट ह्याक गर्दा ह्याकर्सहरुले लेखेका छन, ‘उनीहरुको केही हराउन सक्दैन ।’ ह्याकर्सले होमपेजमै लेखेका छन्, ‘यो काश्मिरमा आक्रमण गरेर निर्दोषहरु मारिएकाहरुको विरुद्धमा प्रतिरोध गर्ने संकेत हो, जसले सर्जिकल स्ट्राइकरको धाक दिइरहेका छन, उनीहरुले अब साइबर युद्ध झेल्न तयार भए हुन्छ ।’ ह्याकर्सहरुले भारतलाई कडा गाली गर्दै पाकिस्तानको राष्ट्रिय गान समेत सुन्न सकिने अडियो क्लिपहरु पठाएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्