- एजेन्सी
पाकिस्तानले एक भारतीय अधिकारीलाई देश छाड्न अल्टिमेटम दिएको छ । इस्लामाबादमा भारतीय उच्चायोगमा तैनाथ अधिकारी सुरजीत सिंहलाई पाकिस्तान सरकारले देश छाड्न भनेको हो ।
पाकिस्तान सरकारले सिंहलाई अयोग्य घोषित गरेको उल्लेख गर्दै पाकिस्तानले उनलाई देश छाड्न भनेको पाकिस्तानी मिडियामा उल्लेख छ । सिंहको गतिबिधिप्रति गहिरो चिन्ता व्यक्त गर्दै पाकिस्तानी विदेश सचिवले उनलाई कुटनीतीक नियम विपरित चलेको आरोप लगाएका छन् ।
भारतले एक पाकिस्तानी उच्चायुक्तलाई जासुसको आरोप लगाउँदै भारत छाड्न अल्टिमेटम दिएपछि पाकिस्तानले भारतलाई त्यसको जवाफ फर्काएको बुझिएको छ ।