Skip to content
LAXMI SUNRISE BANK

पारस र हिमानी सोल्टी होटलमा छमछम नाचे

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – शुक्रबार हिमानीको ४० औं जन्मदिनका अवसरमा  पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह सोल्टी होटलको बारमा हात समातेर छमछम नाचेक थिए । धेरै समय अघिदेखि यी जोडी छुट्टा छुट्टै बस्दै आएका छन् । 
पारस र हिमानीलाई नचाउने योजना पाहुना र छोरीको थियो, अन्त त छोरीको योजना सफल भयो ।
सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी झण्डै चार बर्षपछि एकै ठाउँमा बसेर जन्मदिन मनाएका छन् । पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए। नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो। पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेका थिए ।
सोल्टी होटलले निर्माण गरेको केक काटेर सुरूवात गरिएको पार्टीमा पारसले मदिरा सेवन गरेनन् । केक काट्दा पति पारस, पूर्वराजा ज्ञानेद्र, पूर्वरानी कोमल र उनका नाती नातिना सँगै थिए। 
डान्स पार्टी सुरू भएपछि सबैले नेपाली गीतमा नाचगान गरेका थिए। नाच सुरू हुनासाथ पारस र हिमानीलाई हात समाएर नचाइएको थियो। हिमानी र पारस दुबैले नाचमा सबैले ताली बजाएका थिए। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK