Skip to content
LAXMI SUNRISE BANK

प्रचारमुखी भन्दा परिर्वतनमुखी काममा लागौं : केपी शर्मा ओली

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचारमुखी भन्दा परिर्वतनमुखी काममा लाग्न सुझाव दिएका छन्। 
चाइल्ड नेपालले काठमाडौंमा बुधबार आयोजित राष्ट्रिय बालअधिकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे पुर्व प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्र, समुदाय र वर्गमा देखिएका र विद्यमान रही आाएका समस्या समाधानका लागि आ(आफ्नो स्थानबाट योगदान पुर्याउनु पर्नेमा जोड दिए। 
उनले प्रचारमा ध्यान दिने प्रवृत्तिलाई त्यागेर काम गर्ने प्रवृत्तिको विकास गर्न सबैलाई आग्रह गरेका छन्। उनले काम गर्ने क्रममा धेरै प्रचार गर्ने र काम कम गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै प्रचारमा भन्दा सकारात्मक परिवर्तनमा केन्द्रित हुन आग्रह गरेका छन्। 
कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय बालअधिकार सम्मान प्रारम्भिक बाल विकासका अभियानकर्ता अगाथा थापालाई प्रदान गरे। थापाले सेतो गुराँस बाल विकास संस्थाका माध्यममा यस क्षेत्रमा दिएको योगदानको कदर गर्दै दिइएको सम्मानका साथ २५ हजार राशि रहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK