
काठमाडौं – महाअभियोग सिफारिस समिति गठनका लागि छलफल गर्न बुधबार व्यवस्थापिका संसद कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकमा महाअभियोग सिफारिस विशेष समिति गठन गर्ने विषयमा दलहरुबीच छलफल हुनेछ। दलहरुबीच सहमति भए बुधबार नै समिति घोषणा हुने संभावना रहेको संसद सचिवालय स्रोतले जनाएको छ। संविधानको धारा १ सय १ बमोजिम गठन हुने समितिले राष्ट्रपति, उपराष्ट्रपतिदेखि सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य र संवैधानिक निकायका पदाधिकारीविरुद्ध छानवीन गरी महाअभियोगको सिफारिस गर्नेछ।
समितिमा ११ जना सदस्य रहने संवैधानिक प्रावधान छ। समितिले कुनै पदाधिकारीविरुद्ध महाअभियोगको आधार र कारणसहित सिफारिस गरेमा संसदको दुई तिहाई बहुमतबाट पारित भएमा त्यस्तो पदाधिकारी पदमुक्त हुनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सांसदहरुले महाअभियोग समिति गठन गरी प्रक्रिया अघि बढाउन माग गरेपछि सभामुख ओनसरी घर्तीले बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी हुन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्