×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो पनि विज्ञापन ! नेपालको कुन पार्टी हो, यस्तो दरखास्त आव्हान गर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो पनि विज्ञापन ! नेपालको कुन पार्टी हो, यस्तो दरखास्त आव्हान गर्ने ?

७ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम 

काठमाण्डौँ – राजनीतिक दलमा सानादेखि प्रमुख पद हडप्नका लागि यहाँ केसम्म हुन्छ भन्ने कुराको पछिल्लो उदाहरण भेटिएको छ ।  हुन त प्रमुख पदका लागि राजनीतिक पार्टीमा कतिसम्म मोलमोलाई हुन्छ भन्ने कुरा पनि आम नेपालीलाई थाहा भएको कुरा हो । तर, आज एक पत्रिकामा यस्तो विज्ञापन प्रकाशित भएको छ, जुन कुनै एउटा न करीको लागि दरखास्त आव्हान गरिएको ढाँचामा  एउटा राजनीतिक दलका सवै पदका लागि दरखास्त आव्हान गरिएको छ । 
निर्वाचनमा आयोगमा दर्ता भई चुनाव चिन्ह समेत पाएको भन्दै विज्ञापनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, केन्द्रीय सदस्यहरु, प्रदेश प्रमुख र जिल्ला प्रमुख हुन चाहनेसँग दरखास्त माग गरिएको छ । यो पार्टीले आफ्नो नाम चाहिँ विज्ञापनमा खुलाएइको छैन । यद्यपी यो नयाँ शक्तिको विज्ञापन हो भन्ने धेरैको शंका छ ।
विज्ञापनमा नेपाली नागरिकलाई आफ्नो पासपोर्ट साइजको फोटोसहित आफ्नो पूर्ण ठेगाना खुल्ने परिचय इमेल गर्न भनिएको छ । आवेदकलाई तिहारपछि सम्पर्क गरिने विज्ञापनमा उल्लेख छ । आवेदनका लागि योग्यता समेत तय गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी