
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – महा भुकम्प तथा नाकाबन्दीको असर झल्नुपरेको नेपाल विश्वकै ख्यातिप्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले प्रकाशित गरेको आगामी वर्ष घुम्नै पर्ने विश्वका १० उत्कृष्ट गन्तव्यको सूचिमा नेपाल पाँचौ स्थानमा पर्न सफल भएको छ । प्राकृतिक सुन्दरताको खानी नेपाललाई सन् २०१७ मा घुम्नैपर्ने १० देशको सूचिमा राखिएपछि यसले देशको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान दिने पर्यटनविदहरुले बताएका छन् ।

यो सूचिमा नेपाल भन्दा अगाडि क्रमशः क्यानडा, कोलम्बिया, फिनल्याण्ड, डोमिनिका रहेका छन् भने नेपाल भन्दा पछाडि क्रमशः बर्मूडा, मंगोलिया, ओमन, म्यानमार र इथोपिया परेका छन् । अष्ट्रेलियामा रहेको यो कम्पनीले हरेक वर्षको अन्त्यमा आगामी वर्षमा घुम्नै पर्ने देशहरुको सूची सार्वजनिक गर्ने गरेको छ ।

घुम्न लायक धेरै स्थान बाँकी रहेका उल्लेख गर्दै यो साइटले विश्वका पर्यटकहरुलाई नेपाल घुम्न समेत उक्साएको छ । साइटमा केही पुरातात्विक महत्वका मठ मन्दिर भत्किए पनि धेरै सुन्दर भूभाग बाँकी नै रहेका र लोकप्रिय पदमार्गहरु समेत रहेका कारण नेपाल विश्वका पर्यटकको नजरमा परेको स्पष्ट पारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्