
काठमाडौँ – कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले चार राज्यमन्त्री मागेको छ । साथै, पार्टीले पाउने राज्यमन्त्रीमा विधि र प्रक्रियाअनुसार नाम टुंगो लगाउनुपर्ने पनि पौडेल पक्षको माग छ । सभापति देउवाले दुई राज्यमन्त्रीका लागि नाम मागेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ ।
‘कसरी बनाउने भन्ने छलफल नै नगरी खाली दुईजनाको मात्र नाम मागिएको छ,’ पौडेलनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘संख्याको मात्रै कुराभन्दा पनि सभापतिको नियतमा प्रश्न उठेको छ । महामन्त्रीले सभापतिलाई भेटेर संख्या मात्र होइन, विधि र प्रक्रियाअनुसार अघि बढौँ भन्नुभएको छ ।’
कांग्रेसबाट आठ राज्यमन्त्री बन्दा संस्थापनबाट पाँच, पौडेल पक्षबाट दुई र सिटौला पक्षबाट एकजनालाई बनाउने तयारी छ ।
देउवा पक्षबाट दीर्घराज भाट, दिलीप गच्छदार, अब्दुल रज्जाक, सुवर्ण ज्वारचन, आङटावा शेर्पा, सुजाता परियार, ध्रुव वाग्ले प्रमुख दाबेदार छन् ।
पौडेल पक्षबाट सुरेन्द्र आचार्य, जीवन परियार, सरिता प्रसार्इं, कञ्चनवादे श्रेष्ठको सम्भावना बलियो छ ।
सिटौला पक्षबाट तारामान गुरुङ र सुधीरकुमार सिवाकोटी चर्चामा छन् ।
- काठमाडौँ टूडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्