×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्ध र गान्धीको अनुसरणले मात्र देश विकास हुन्छ: देउवा

LAXMI SUNRISE BANK

बुद्ध र गान्धीको अनुसरणले मात्र देश विकास हुन्छ: देउवा

१६ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध र महात्मा गान्धीले देखाएको बाटोमा अगाडि बढेमा मात्र देश विकास हुने बताएका छन् ।
तक्षशीला एकेडेमीले अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महात्मा गान्धीले अहिंसात्मक आन्दोलनबाट अङ्ग्रेजको प्रभावलाई रोक्न सकेको बताए ।
उनले भने, ‘अझैपनि विश्वका कतिपय मुलुकमा हिंसात्मक आन्दोलन चलिरहेको छ । त्यसलाई रोक्नु जरुरी छ ।’
पूर्व प्रधानमन्त्री देउवाले विश्वलाई शान्तिको सन्देश दिन सकेका कारण गान्धी अन्तर्राष्ट्रिय व्यक्ति बनेको बताए, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सुखी समाज निर्माणका लागि अहिंसालाई अङ्गिकार गर्न जरुरी रहेको बताए ।
उनले भने, – स्वतन्त्रता, समानता र बान्धुत्व लोकतन्त्रको आधार हुन् । तीनै कुरालाई आत्मसात् गर्न सकिए मात्र मुलुकमा स्थायी शान्ति कायम हुन्छ । 
नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री दिनानाथ शर्माले मानव–मानवबीच रहेको भेदभाव नै हिंसा भएको बताए ।
भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारले अहिंसात्मक आन्दोलनलाई अगाडि बढाएका कारण गान्धी भारतको मात्र नेता नभई विश्वकै नेता बन्नसकेको बताए ।
एकेडेमीका प्राचार्य एवम् पूर्वराजदूत प्रा डा जयराज आचार्यले सन् १९०७ मा भएको राष्ट्रसङ्घ महासभाले सर्वसम्मत रुपमा अक्टोबर २ लाई विश्व अहिंसा दिवस मनाउने निर्णयअनुसार अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउन थालिएको बताए ।
एकेडेमीले सन् २००८ देखि नेपालमा अहिंसा दिवस मनाउँदै छ ।

  • काठमाडौँ टूडे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी