
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पुगेर युद्ध लडेकाले मात्रै शान्तिको महत्व बुझ्ने बताएका छन् ।
आइतबार जंगी अड्डाको निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भने, ‘शान्तिको महत्व युद्धमा प्रत्यक्ष सहभागी भएर लडेकाले नै बढी बुझेको हुन्छ ।’
सेनाका उच्च अधिकारीसँग प्रचण्डले युद्ध लड्दाको पीडा साट्दै भने, ‘बाहिरबाट हेर्नेले युद्ध र शान्तिको अनुभूति गर्न सक्छन् । तर, आफैँ युद्धमा सहभागी भएको व्यक्तिले शान्तिको महत्व अरुको भन्दा बढी बुझेको हुन्छ ।’
‘नेपाली सेनाले नेपालको शान्ति प्रक्रियाका निम्ति देखाएको सकारात्मक भूमिकाको म उच्च सम्मान गर्छु,’ प्रचण्डले भने, ‘नेपाली सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र वीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित छ । यसका लागि म तपाईहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालीन मुद्धामा नेपाली सेनालाई तान्नु नहुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘द्वन्द्वसँग सम्बन्धित मुद्धामा सेना तानिुन हुँदैन भन्नेमा सरकार सचेत र दृढ छ ।’
‘नेपाली सेनाको मनोबल उच्च राख्न सरकार सचेत छ’, प्रचण्डले भने, ‘नेपाली सेनाको मनोबल उच्च बनाउन, साधन स्रोतले सुसज्जित गर्न र प्रविधिले युक्त बनाउन सरकार प्रतिबद्ध छ ।’
भूकम्पको उद्धार, राहत र पूनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनामा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरे । ‘विपद् व्यवस्थापन, राष्ट्रिय गौरवका आयोजनाको निर्माण, राष्ट्रिय निकुञ्ज र वातावरण संरक्षणमा सेनाले खेलेको भूमिका निकै महत्वपूर्ण छ,’ प्रचण्डले भने, ‘तपाईहरु ढुक्क हुनुहोस् सेना बलियो भए मात्रै राष्ट्रिय सुरक्षा र अखण्डता बलियो हुन्छ भन्ने कुरामा सरकार स्पष्ट छ ।’
कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाले राष्ट्रिय सुरक्षा, राष्ट्रिय गौरवका आयोजना, विश्व शान्तिका लागि खेलेको भूमिका र आगामी रणनीतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
- नेपाल आज
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्