
- अर्थसरोकार सम्बातदाता
सरकारले चीनबाट इन्धन ल्याउननयाँ गृहकार्य सुरु गरेको छ। सरकारी स्वामित्वकै नेसनल ट्रेडिङ लिमिटेडलाई नेपाल आयल निगमको भगिनी संस्था बनाएर त्यसैमार्फत इन्धन आपूर्ति गर्ने तयारी थालेको आपूर्ति मन्त्रालयले जनाएको छ।
भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयातमा भारतको विकल्प खोज्ने निर्णय भएको करिब एक वर्षपछि मन्त्रालयले यस्तो रणनीति बनाएको हो। इन्डियन आयलकर्पोरेसन आइओसीबाट दशकौंदेखि इन्धन आयात गरी बिक्री–वितरण गरिरहेको अवस्थामा निगमले आइओसीसँगको पुरानो सम्झौता तोड्न कठिन भएपछि सरकारले नयाँ रणनीति बनाएको हो।
आइओसी र निगमबीचको सम्झौता छँदाछँदै निगमकै अग्रसरतामा चीनसँग इन्धन कारोबार गर्दा भारतले सोही बहानामा अबरोध गर्न सक्ने आशंकामा यस्तो रणनीतिमा लागेको मन्त्रालयका एक अधिकारीले बताए। ‘निगम र आइओसीको सम्बन्ध बिगार्न पनि भएन, त्यही भएर नयाँ संरचनामार्फत पहल गर्न लागिएको हो,’ती अधिकारीले भने, ‘भारतबाट इन्धन आयात गरिरहने र थप चीनबाट पनि ल्याउने रणनीति हो।’
नेसनल ट्रेडिङलाई निगमकै भगिनी संस्था बनाएर सोमार्फत करिब ३० प्रतिशत इन्धन चीनबाट ल्याउन पहल गर्ने छलफल भइरहेको निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले बताए। ‘इन्धनको स्रोत विविधीकरण गर्न सरकारले निर्णय गरिसकेको छ,’ खड्काले भने। सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन घाटामा गएर डुबिरहेको बेला इन्धन व्यापारसँगै यसलाई सञ्चाल नगर्ने पनि मन्त्रालयको रणनीति हो।
गत डिसेम्बरमा तत्कालीन परराष्ट्रमन्त्री कमल थापा र चीनका विदेशमन्त्री वाङ यीले हस्ताक्षर गरेको पेट्रोल तथा ग्यासको दीर्घकालीन व्यापारलाई प्रोत्साह नगर्ने समझदारीपत्र ओझेलमा परेको बेला सरकारले फेरि सम्बादसमेत सुरु गरेको हो।
गत चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमणमा जारी भएको १५ बुँदे संयुक्त वक्तव्यअनुसार इन्धन व्यापार अघि बढाउन नेपाल भ्रमणमा रहेका चीनका उद्योग र वाणिज्य राज्यप्रशासनमन्त्री झाङ माओलाई आपूर्तिमन्त्री दीपक बोहराले आग्रह गरेका छन्। तत्कालीन अवस्थामा चीन–नेपालबीच इन्धन व्यापार गर्न मूल्य, कर, ढुवानी, गुणस्तर नियन्त्रण, भन्सार आदि विषयमा छलफल गर्ने सहमति भएको थियो।
नाकाबन्दीको बेलाचीनले नेपाललाई १३ लाखलिटर पेट्रोल दिएको थियो। चीनका ट्यांकरबाट निगमका ट्यांकरले पेट्रोल खन्याएर केरुङ नाका हुँदै ल्याएका थिए।
सरकारको नेतृत्व परिवर्तनसँगै हरेक आपूर्ति मन्त्रीले इन्धन आयातमा भारतमाथिको निर्भरता हटाउने भनेर लोकप्रियता कमाउन खोजे पनि ठोस निर्णय गर्न हुन सकेको छैन।
चीनबाट इन्धनल्याउने विषयमा निगमको टोलीले पटकपटक चीन भ्रमण गरी अध्ययन गरिसकेको छ। निगम र पेट्रो चाइनाका अधिकारीबीच छलफल भए पनि आइओसीसँगको सम्झौताले अघि बढ्न सकिरहेको थिएन। तत्कालीन अवस्थामा निगमकाअधिकारीले चीनबाट ग्यासबाहेक पेट्रोलियम पदार्थ ल्याउन सकिने प्रतिवेदन मन्त्रालयलाई बुझाएका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्