
- अर्थ सरोकार सम्बतदाता
धनकुटा – हिन्दु नेपालीहरुको महान चाड बडा दसैं तिहारलाई लक्षित गरी धनकुटामा विशेष सुरक्षा योजना लागु गरिने भएको छ। उपभोक्ता तथा यात्रुहरु मर्कामा नपरुन भन्ने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिने भएको हो। बजार अनुगमन, मानिसको धेरै जमघट हुने स्थानहरुमा प्रहरी परिचालन गरिने छ।
धनकुटामा तीन घेरामा सुरक्षा परिचालन गरिने छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले जानकारी दिए। यसैगरी, उद्योग वाणिज्य संघ धनकुटासँग समन्वय गरी सुपथ मुल्य पसल समेत खोल्ने तयारी भइरहेको छ। बजार अनुगमनलाई समेत निरन्तरता दिइएको उप्रेतीको भनाइ छ।
चाडवाडलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय धनकुटाले तीन सय ८० जना प्रहरी परिचालन गर्ने भएको छ। धनकुटा बजारमा मात्र यस वर्ष एक सय २५ जना प्रहरी परिचालन गरिने भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरिक्षक विभुतिराज पाण्डेले बताए।
उनका अनुसार हिले बजारमा ५० जना र अन्य स्थानहरुमा गरी तीन सय ८० जना प्रहरी परिचालन गरिने भएको छ। चाडवाडको बेला अप्रिय घटना हुन नदिने उद्देश्यका साथ १५ सादा पोशाकको प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक पाण्डेले थाहाखबरलाई बताए। यात्रुहरु ठगिने भएको हुँदा सवारी साधनमा समेत विशेष जाँच गरिने भएको छ। विशेष सुरक्षा योजना छैठ पर्वसम्म लागू हुनेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्