
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – जिल्ला प्रहरी कार्यालयले ६१ औँ प्रहरी दिवसको अवसरमा १८ प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरेको छ । कार्यालयमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले पुरस्कार प्रदान गरेका हुन्।
पुरस्कृत हुनुहुनेहरुमा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ, प्रहरी निरीक्षकद्वय रवीनबाबु रेग्मी र नीरञ्जन भट्टराई, नायब निरीक्षक देवराज शर्मा, एकबहादुर क्षेत्री, झलकबहादुर श्रेष्ठ, सहायक निरीक्षक पूर्णबहादुर बस्नेत, भानु चौधरी, टोपबहादुर खत्री, कल्पना खड्का, प्रहरी हवल्दार पुरुषोत्तम अधिकारी, तपनारायण महतो, होमनाथ बास्कोटा, देवबहादुर भुजेल, सोमबहादुर थिङ्ग र प्रहरी जवान शिवराज काफ्ले, पुस्कर धामी, रेशम श्रेष्ठ छन् ।
कार्यक्रममा प्रहरीलाई सहयोग पु¥याउनुहुने स्थानीय उद्योगी समाजसेवी मीना खरेल, रामप्रसाद सुवेदी, विष्णुप्रसाद खराल, निर्देश सेडाईंलाई सम्मान गरिएको थियो । यसैगरी क्षेत्रीय कनिष्ठ प्रहरी अधिकृत शिक्षालयका प्रहरी हवल्दार टेकबहादुर गुरुङ र प्रहरी जवान सोमबहादुर तामाङलाई पनि सम्मान गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी सिंहले प्रहरी सङ्गठनले विकाससंगै सुरक्षा व्यवस्थालाई पनि अघि बढाउन विकासक्रममा देखिएका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुग्ने बताए ।
क्षेत्रीय कनिष्ठ प्रहरी अधिकृत शिक्षालयका समादेशक नायब प्रहरी महानिरीक्षक रणबहादुर चन्दले प्रहरी सङ्गठनको मर्यादाभित्र रहेर जनताको सेवामा लाग्नु प्रहरी अधिकृत तथा जवानको कर्तव्य रहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्