
- अर्थ सरोकार सम्बतदाता
काठमाडौँ – नेपाल–भारत प्रबुद्ध समूह इपिजीको बैठकमा सहभागी हुन नेपाली टोली सोमबार नयाँदिल्ली तर्फ गएका छन्। नेपाली टोलीका संयोजक भेषबहादुर थापाको नेतृत्वमा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र सूर्यनाथ उपाध्याय त्यसतर्फ गएका हुन्।
बैठक मङ्गलबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ। बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने नेपाली टोलीका सदस्य भट्टराईले जानकारी दिए। यसअघि नेपालमा भएको इपिजी बैठकमा भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि तयार रहेको जानकारी दिँदै नेपालले के कस्तो संशोधन चाहेको हो प्रस्ताव ल्याउन आग्रह गरेको थियो।
इपिजी गठन भएको झन्डै चार महिनापछि यसको पहिलो बैठक गत असारमा काठमाडौँमा बसेको थियो। इपिजीमा भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्