×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो चाहिं राम्रो काम गरे प्रधानमन्त्री प्रचण्डले !

LAXMI SUNRISE BANK

यो चाहिं राम्रो काम गरे प्रधानमन्त्री प्रचण्डले !

१७ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सय सरकारी बस चलाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक सय सरकारी बस चलाएर भए पनि दसैँमा यातायात क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई आइतबार उनले उपत्यकाबाहिर सय सरकारी बस सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
दसैँमा घर जान टिकट नभएको यात्रुहरूको गुनासोपछि प्रधानमन्त्रीले सरकारी कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सेनाहरूको बसले समेत सर्वसाधारण यात्रु बोक्न निर्देशन दिएका हुन् । मुख्यसचिव डा. सोमलाल सुवेदीले आइतबार नै यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न बैठक बोलाएका थिए ।
बैठकमा उपत्यकाका विभिन्न रुटमा सञ्चालित बसलाई उपत्यकाबाहिर पठाउने र उपत्यकामा सरकारी बसहरू सञ्चालन गरी सेवा दिने निर्णय भएको थियो । बैठकमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, शिक्षा मन्त्रालय तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।

  • नयाँ पत्रिकाबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी