×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मलुकको समृद्धिको लागि जुन दिशामा ढल्किन सकिन्छ ‘प्रचण्ड’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मलुकको समृद्धिको लागि जुन दिशामा ढल्किन सकिन्छ ‘प्रचण्ड’

Artha Sarokar

११ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ – मलुककने समृद्धिका लागि म कपहले चीनतिर त कहिले भारततिर ढल्किन्छ् तर म कहिले पनि ब्यक्तिगत स्वार्थका लागि  ढल्किने गरेको होइन समग्र मुलुकको हितको लागि त्यसो गर्ने गर्छु । मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि भएपछि मात्र देशले सन्तुलित परराष्ट्र सम्बन्ध राख्न सक्छ । त्रिदेशीय साझेदारीले नेपालको समृद्धि र परराष्ट्र सम्बन्धमा समेत सन्तुलन ल्याउनेछ ।
यही चैतमा स्थानीय निर्वाचन गर्न  लागि नै अग्रसर भैरहेको छु । आगामी चैतमा पहिले स्थानीय निर्वाचन गर्नुपर्छ । त्यसपछि सम्भव भए केन्द्रीय र संघीय प्रादेशिक निर्वाचन एकै पटक गर्नुपर्छ भन्ने मेरो मान्यता छ । यो भन्दा अन्यथा तिर सोच्नुहुन्न त्यसले गडबढ गर्छ ।
पार्टीहरूबीच समझदारी जुटाएर निर्वाचनमा जानका लागि संविधान संशोधन आवश्यक रहेको छ । मधेसलाई पनि सहमतिमा ल्याएर कुनै न कुनै रूपमा संविधान संशोधन गर्नु आवश्यक छ । त्यसका लागि गृहकार्य भइरहेको छ। संविधान संशोधननमा सीमांकन सबैभन्दा जटिल विषय रहेको छ । झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा चलाउन सकिदैन तर, कांग्रेस र एमालेले पहिले प्रस्ताव गरेको सात प्रदेशको वरिपरी सहमति बन्न सक्छ ।
अहिले हामी महाभियोगको विषयलाई टुंगोमा पुर्याउने विषयमा तीन प्रमुख दलको शीर्ष नेताको स्पिरिट मिलेको छ । बालुवाटारमा बसेको बैठकबाट उत्साहित बनेका छौं । हामी तीन नेताबीच धेरै सकारात्मक कुराहरू भएको छ । संविधान संशोधन गर्ने, निर्वाचन गराउने र महाभियोगको विषयलाई टुंग्याउने लगायतका विषयमा विस्तृत र सकारात्मक छलफल गरेका छौ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी