×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई हप्काउदै सांसद अमरेसकुमारले भने ‘भारत तपाईंसँग आक्रोशित छ ‘

PRIME CA
GLOBAL IME BANK

प्रचण्डलाई हप्काउदै सांसद अमरेसकुमारले भने ‘भारत तपाईंसँग आक्रोशित छ ‘

१३ कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – एक साता अगाडि देखि भारतीय प्रोफेसर एसडी मुनी  नेपालमा छन् । उनै मुनीलाई लिएर सांसद अमरेश कुमार बुधबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता गरिएकामा अमरेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आपत्ति जनाए । सत्तारुढ काँग्रेसलाई पत्तै नदिई विपक्षी एमालेसँग मिलेर अचानक महाअभियोग प्रस्ताव दर्ता गरिएकामा भारत प्रचण्डसँग नराम्ररी रिसाएका थिए ।
‘तपाईंले एमालेसँग मिलेर लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर ठीक गर्नुभएन’, अमरेशको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो । भारत तपाईंसँग आक्रोशित छ, यसको परिणाम जे पनि आउन सक्छ ।’ सिंहले लोकमान प्रकरणको परिणाम केही समय पर्खन भन्दै प्रचण्डलाई धम्की दिएको स्रोतको दाबी छ । सिंहले भारतले लोकमान प्रकरणलाई धोका र बेइमानीका अर्थमा बुझेको समेत बताए ।
बाहिर भारतको अघोषित प्रवक्ता बन्दै हिंडे पनि आफ्नै पार्टी काँग्रेसमा न कुनै प्रभाव छ, न त उनको कुरा कसैले सुन्छ । बरु धेरैपटक ‘बढी जान्ने बनेको’ मा उनले नेताहरुको हप्की खानुपरेको उदाहरण छ । मुनीले देउवा निवास बुढानिलकण्ठ जान भनेका थिए, तर सिंह गएनन् । ‘म त्यहाँ जान्न, तपाईं मात्र जानुस’ भन्दै सिंह टक्टकिएपछि मुनी एक्लै देउवा भेट्न बुढानीलकण्ठ पुगेका थिए । ‘बिना हैसियत ठूला कुरा गर्ने’ भन्दै देउवाले सिंहलाई धेरैपटक हप्काइसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: