×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डको खोइरो खन्दा एमालेमा बामदेव हाइहाई

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट पार्टीका प्रम मित्र मानिन्थे । तर तिनै गौतम हिजो आज आफ्ना प्रम मित्रको खोइरो खन्न थालेका छन् ।
प्रचण्डका बिरुद्ध कुर्लिन थालेपछि एमालेका कार्यक्रममा गौतमको आकर्षण बढेको छ । उनी दैनिक पाँच वटासम्म कार्यक्रममा पुग्न थालेका छन् । जहाँ गौतम पुग्छन् त्यही प्रचण्डबिरुद्ध क्र्लिन्छन् । प्रचण्डबिरुद्ध कुर्लेपछि उनी एमालेभित्र लोकप्रिय बन्दै जान थालेका छन् । मलाई एकै दिन पाँच वटा कार्यक्रमको निम्तो आउन थालेको छ, गौतमले भने सवै कार्यक्रममा पुग्दा दिन त्यसै वित्ने गरेको छ ।
उनले प्रचण्ड आफ्नो पहिलेको परम मित्र भएपनि अहिले उनको चरित्र राष्टघाति भएको उनले बताउन थालेका छन् । मैले प्रचण्ड विरुद्ध तीर हान्न थालेपछि कार्यक्रमको निमन्त्रणा बढेको हो । राप्ती काठमाडौ सम्पर्क मञ्चको कार्यक्रममा उनले आध्यात्मिक चिन्तन देखि प्रचण्डको भारत भ्रमण सम्मको व्याख्या गरे । गौतम जुन कार्यक्रममा जान्छन् त्यही कार्यक्रममा प्रचण्डलाई यस्ता पाँच आरोप लगाउन थालेका छन् ।
आरोप नं. १ः
शान्ति प्रक्रियामा आएलत्तै प्रचण्डले तराई मधेशमा आगो लगाए र गौर क्षेत्रमा नरसंहार पनि मच्चाए । पछि तिनै तराईका आन्दोलनकारीसँग मिलेर मधेश शब्दलाई नेपाली राजनीतिमा प्रवेश गराए । मधेश शब्द राष्ट्र विखण्डनसँग जोडिएको छ । यसको नाईके प्रचण्ड हुन् ।
आरोप नं. २ः
प्रचण्ड भारत भ्रमण जाँदा राजकीय सम्मान आफैले मागे । केपी ओलीलाई जस्तो सम्मान दिइयो त्यस्तै सम्मान चाहिन्छ भनेर दूतावासलाई औपचारिक पत्र पठाए । भारत भ्रमण पुगेपछि उनले राष्टघाती काम गरे । नेपालको संविधान अपुर्ण छ, भारतले जसरी हेरेको छ, मैले पनि नेपालको संविधानलाई त्यसरी नै बुझेको छु भन्दै संविधानमा भारतको स्वमित्वमा राखे र नेपालको संविधान भारतीय मुठ्ठीमा राखे ।
आरोप नं. ३ः
अन्तराष्ट्रिय चासो र सम्वन्धमा नेपाल र भारतको एउटै परराष्ट्रनीति हुने सम्झौता गरेर प्रचण्डले राष्ट्रघाती कदम चाले । यसले नेपालको स्वतन्त्रतालाई भारतको मुठ्ठिमा राखे । अब भारतले पाकिस्तानलाई जसरी हेर्छ, नेपालले पनि त्यसरी हेर्नु पर्ने भयो ? यो हामीलाई स्वीकार्य छैन ।
आरोप नं. ४ः
ओली सरकार ढाल्दा प्रचण्डले निकै ठुला भ्रामक आरोप लगाए । तर ती आरोपहरु पुष्टि गर्न सकेनन् । ओली सरकारले ल्याएको नीति तथा कार्याक्रम र बजेटमै बसेर काम गरिरहेका छन् । यसले एमालेलाई फाइदा नै हुन्छ, किनकी एमालेको नीति प्रचण्डले प्रचार गरिरहेका छन् ।
आरोप नं. ५ः
मधेशी दललाई खुसी पार्न टिकापुर नरसंहारका अभियुक्तलाई उनमुक्ति दिनखोन्दै छन् । अपराधलाई स्वीकार गर्ने र संस्थागत गर्ने प्रचण्ड सरकारको कार्य हामी स्वीकार गर्दैनौ । 

  •  एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: