
भक्तपुर – सरकारले नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्नका लागि बोलपत्र आह्वान गरेको छ ।
लामो समायदेखि नेपालले आफ्नै स्याटेलाइट राख्ने चर्चा गरिए पनि पहिलोपटक सरकारले बोलपत्रमार्फत विश्वभरका इच्छुक कम्पनीलाई आशयपत्र पेस गर्न आह्वान गरेको हो ।
करिब डेढ महिनाअघि सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई स्याटेलाइटको प्रक्रिया अघि बढाउन जिम्मेवारी दिएपछि बिहीबार प्राधिकरणले आशयपत्र माग गरेको हो ।
‘हामीले स्याटेलाइट राख्ने, सञ्चालन गर्ने र मर्मतसम्भार गर्ने कार्यका लागि आशयपत्र माग गरेका छौं’, प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘इच्छुक कम्पनीले आगामी मंसिर ६ गतेसम्ममा आशयपत्र पेस गरिसक्नुपर्नेछ ।’
- कान्तिपुर दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्