×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विशेष खुलासा : माओवादी केन्द्र नै सांस्कृतिक राजा राख्न तयार, दिल्लीमा भयो यस्तो गोप्य सम्झौता

काठमाडौं । बेलामौकामा अन्तर्वार्ता दिएर मिडियामा छाउने पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला फेरि चर्चामा छन् । उनी मात्र होइन, गणतन्त्रले विस्थापित गरेको दरबार नै चर्चामा आएको छ । संविधान जारी भए पनि यसको कार्यान्वयनमा चुनौती थपिएको छ । संविधान संशोधनको विषय जटिल अवस्थामा रहेका बेला दरबारलाई चर्चामा सारिएको हो । दरबारको चर्चा यसै भने भएको होइन । मधेसका मुद्दा र समस्या सारी संविधान संशोधनको बखेडाबीच हिन्दू राज्य र त्योसँगै राजतन्त्रको मुद्दालाई उठाउने गम्भीर खेल भइरहेको छ । यस्तो खेलमा नेकपा माओवादी केन्द्र, भारतीय पक्ष, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता खुमबहादुर खड्कालगायत सक्रिय छन् । 
सरकारले राष्ट्रपति विद्या भण्डारीलाई पचली भैरवको घ्याम्पो फेर्न प्रबन्ध नमिलाएपछि यतिबेला दरबार चर्चामा छ । पचली भैरवको घ्याम्पो फेर्न राष्ट्रप्रमुख जाने परम्परा थियो । सरकारले त्यसको प्रबन्ध नमिलाउँदा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रप्रमुखको हैसियतको उक्त काम गरे । राष्ट्रपतिको सुरक्षामा ठूलो खर्च हुन सक्ने हौवा फिजाइए पनि ज्ञानेन्द्रलाई भने पूर्वराष्ट्र प्रमुखको सुरक्षा प्रबन्ध मिलाउन सरकारले कुनै कसर बाँकी राखेको थिएन । ‘यो सरकारमा रहेका पार्टी र सरकारको नियोजित प्रबन्ध थियो । यसले राजनीतिमा अब कस्तो उदय भन्ने संकेत गर्छ’, समाचार सूत्रले भन्यो,‘ माओवादी केन्द्र नै सांस्कृतिक राजा राख्न तयार छ । त्यस्तो सहमति भारतमा भइसकेको छ ।’
सांस्कृतिक राजाका रूपमा भए पनि ज्ञानेन्द्रले आफ्नो वंशको विरासतलाई जोगाउने प्रयास गरेका थिए । त्यसका लागि उनले हिन्दूत्वको सहारामा भारतीय संस्थापनसँग बारम्बार कुराकानी पनि गरेका थिए । भारतमा पारिवारिक सम्बन्ध भएको कांग्रेस आई, धार्मिक पृष्ठभूमि रहेको भारतीय जनता पार्टीका नेताहरूसँग ज्ञानेन्द्रको बारम्बार भेटवार्ता भइरहन्थ्यो । ‘यो हेर्दा सामान्य लाग्छ तर असामान्य योजनाका रूपमा नै पचली भैरवको घ्याम्पो फेर्ने काम भएको छ । यसमा राजनीतिक र संविधानलाई नै टसल दिने गरी गम्भीर षड्यन्त्र भएका छन्’, उच्च स्रोतले भन्यो । 
राजनीतिक संक्रमण लम्बिनुको कारण पनि दरबारलाई स्पेस दिनुपर्छ भन्नेहरूको चाहनाको आधार बढेको दाबी गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सांस्कृतिक राजाका रूपमा ज्ञानेन्द्र वंशको विरासत राख्न सकिने सकारात्मक वचन दिएर भारतबाट फर्किएको स्रोतको दाबी छ । त्यसो त प्रचण्डले अघिल्लो संविधानसभाको ठूलो सदस्यहरू बोकेकै बेला भनेका थिए– सांस्कृतिक राजा राख्न सकिन्छ । जसरी पनि राजा ल्याउनुपर्छ भन्ने एकखाले शक्ति त्यसैकारण आन्दोलन र मोर्चाबन्दीमा पनि केन्द्रित रहेको छ । कांग्रेसमा खुमबहादुर खड्का नेतृत्वको एउटा गुट, माओवादी केन्द्रमा स्वयं प्रचण्ड नै सकारात्मक छन् । 
१२ वर्षमा परिवतर्न गरिने पचली भैरवको घ्याम्पो यो वर्ष राजाकै हैसियतमा पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन गरे । सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न पूर्वराजा ज्ञानेन्द्रलाई स्थानीयले बोलाएका थिए । ‘यहाँ राजा बोलाउने विषयमा स्थानीय राजनीतिक दलको सहमतिविना सम्भव नै हुँदैन । तर, कसरी सम्भव भयो ?’, स्रोतले भन्यो, ‘संस्कृति एकातिर छ । तर, सहमति पनि त अनिवार्य हुन्छ । सबै ठाउँमा विरोध गर्ने माओवादीले किन विरोध गरेनन् ? कुरा स्पष्ट छ ।’
गणतन्त्र स्थापना भएको १० वर्ष बितेपछि पुरानो संस्कारलाई परिवर्तन गरेर राष्ट्रपतिले घ्याम्पो तथा खड्ग परिवर्तन गर्नुपर्ने व्यवस्था सरकारले गर्नुपर्ने थियो ।  पचली भैरवको जात्राको नेपाली समाजमा आफनै महत्व छ ।
मल्ल राजा गुणकामदेवको पालादेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन बर्षेनि जाने गरेका थिए भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए । ०५८ सालमा राजा भएपछि राष्ट्राध्यक्षको हैसियतमा पचली भैरवको पूजा गर्नुभएका ज्ञानेन्द्र शाहले त्यसको १५ वर्षपछि फेरि जात्रामा आइतबार सहभागीे भएर भीमसेनस्थान पुगेर पूजाआजा गरेका छन् । २०५८ सालमा फेरिएको घ्याम्पो जीर्ण भएपछि यस वर्ष पचली भैरवको घ्याम्पो फेरिएको हो । नयाँ घ्याम्पो शनिबार थकुजुजु नेवारी राजाको घरमा भित्र्याएर पूजाआजा गरिएको थियो । हरेकपटक घ्याम्पो फेर्दा राष्ट्राध्यक्षले पचली भैरवको पूजा गर्ने चलन छ । – जनप्रहार साप्ताहिकबाट 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: