×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डले किन लिए उर्जामन्त्री जर्नादन शर्माको ‘सातो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रधानमन्त्री प्रचण्डले किन लिए उर्जामन्त्री जर्नादन शर्माको ‘सातो’

Artha Sarokar

१० कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 


  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ – एमालेसँग मिलेर लोकमानसिंह कार्की्विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने एक जना माओवादी नेताले झण्डै मन्त्रीपद गुमाउनुपरेको छ । पार्टी्भित्रै केही असन्तुष्ट पक्ष र देश बाहिरका शक्तिलाई पनि नचिढ्याउनका निम्ति सम्भवतः प्रधानमन्त्रीले आफूलाई थाहै नदिई प्रस्ताव दर्ता गरेको भन्दै प्रभाकरको ‘सातो’ टिपेको हुनसक्छ । केही नेतासामु भएको भनाभनमा आफ्नो राजीनामा मागिएपछि ऊर्जामन्त्रीले ‘पार्टीकै हितमा यसो गरेको हुँ । पहिला पनि गरेको थिएँ । यो काममा पब्लिक सपोर्ट छ सक्नुहुन्छ भने मलाई बर्खास्त गर्नुस्’ भन्ने जवाफ दिएको बताइन्छ ।

सारा घटनाक्रमबारे अध्यक्षलाई जानकारी रहेको र अकस्मात दर्ता गरिएको हकमा केही संवादहीनता देखिएको हुन सक्ने बताउँदै प्रभाकरले ‘तपाईले भनेरै मैले यो सब गरेको हुँ । यसबारे महराजीलाई पनि जानकारी छ तर मलाई अराजक भन्दै किन कन्फ्युटन क्रिएट गर्दै हुनुहुन्छ रु’ भनेर प्रतिप्रश्न गरेका थिए ।
जवाफमा पूर्ववनमन्त्री अग्नि सापकोटाले ‘अब जे हुनु भइहाल्यो । निरंकुश लोकमान र छापामार शैलीमा महाअभियोग लगाउने हाम्रा साथी साथीले दुवैथरीलाई दण्डित गरी स्थितिलाई ब्यालेन्स गर्नुपर्छ’ भनेका थिए ।
शनिबारकै हेडक्वार्टर बेठकमा देउवासँगको वार्ताबारे ब्रिफिङ गर्दै प्रचण्डले भने  उनी पोजेटिभ छन् । एमालेको खेल हो कि प्रचण्डकै निर्णय हो भन्नेमा कन्फ्युजनमा देखिन्छन् । माओवादीको आधिकारिक निर्णय लिएर आउनुहोस् अनि सजिलो हुन्छ भनेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी