
काठमाडौं – ब्रिक्स सम्मेलनमा भाग लिन भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार स्वदेश फर्किँदैछन्। प्रधानमन्त्री प्रचण्ड सोमबार दिउँसो ३ बजे त्रिभुवन विमानस्थल आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवायलले जनाएको छ। ब्रिक्स सम्मेलनमा भाग लिन भारत पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा चिनियाँ राष्ट्रपति सि जिङ पिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनासँग भेटवार्ता गरेका थिए।
यस्तै, प्रधानमन्त्री प्रचण्डले ब्रिक्स र बिमेस्टेकको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले आतंकवाद र अतिवादी सोच बिमेस्टेक देशहरूको साझा चुनौती रहेको उल्लेख गरेका थिए। यस्तै, उनले बिमेस्टेक देशहरूको संस्कृति, इतिहास र भूगोलमा समानता रहेको समेत बताएका थिए। ब्रिक्स सम्मेलन १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ। प्रधानमन्त्री सम्मेलनमा भाग लिनका लागि गत शनिबार भारत प्रस्थान गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्