×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले भेटवार्ता गरी महाभियोग प्रस्ताव दर्ता गराएपनि देउवा भने अझै मौन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले भेटवार्ता गरी महाभियोग प्रस्ताव दर्ता गराएपनि देउवा भने अझै मौन

७ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति देउवा महाभियोग प्रस्तावमा मौन भइरहँदा सत्तासाझेदार दल अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लोकमान सिंह कार्कीको महाभियोगको सम्बन्धमा घनीभूत छलफल हुन थालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आइतबार संसदमा महाभियोग प्रस्ताबको बैंठक बस्नु अगावै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच संसद भवनस्थित सभामुखको कार्यकक्षमा केही समय भेटवार्ता भएको हो ।
महाभियोग प्रस्ताव संसदबाटै पारित गर्ने विषयमा केही समय छलफल भएपछि फेरि संसदमा छलफल गरि महाभियोग प्रस्ताव पेश गरिएको स्रोतले जानकारी गराएको छ ।
सत्तारुढर प्रतिपक्षी दलका दुवै अध्यक्षले संसदमा महाभियोग प्रस्ताव पेश गराउँने मनसाय जुटाएसँगै आज आइतबार सभामुख ओनसरी घर्ती मगरले संसदमा महाभियोग प्रस्ताव दर्ता गराएकी हुन् ।
संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानमन्त्री प्रचण्डले माओवादी पार्टीका सांसदहरुलाई महाभियोग पक्षमा दह्रो गरि  लाग्न निर्देशन दिएका छन् । भने एमालेले पनि त्यसैगरि जाने अठोटका साथ अगाडि बढेको छ ।
तर,संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले महाभियोग प्रस्ताव विषयमा अझै टुगो लगाइसकेको छैन । केन्द्रीय समितिको बैंठक पटक पटक गरिरहदा पनि यस विषयमा कुनै निर्णय बाहिर आउन सकेको छैन भने सभापति देउवासहित शिर्ष नेताहरु मौन भएर बसेको जानकारी दिइएको छ ।
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी