
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोवामा चीनका राष्ट्रपति सि जिनपिङ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेट त्रिपक्षीय भेट ‘प्लान’ गरेको भए मिलाउन नसकिने दावी गरेका छन्। व्यवस्थापिका संसद् बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्रिपक्षीय भेट दुर्लभ अवसर भएको बताउँदै ‘प्लान’ गरेको खण्डमा उक्त भेट हुन नसक्ने दाबी गरेका हुन्।

‘गोवामा भएको त्रिपक्षीय भेट दुर्लभ अवसर थियो, जुन अवसर प्लान गरेको भए मिलाउन सायद सकिँदैनथ्यो’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो अवसर मैले पाएकोमा र त्यसलाई राष्ट्रिय हितका पक्षमा सदुपयोग गर्न सकेकोमा म गौरवान्वित छु।’ संयुक्त भेटघाटमा त्रिदेशीय हितका सन्दर्भमा मिलेर काम गर्ने विषयलाई दुवै देशका राष्ट्रप्रमुखले सकारात्मक रुपमा हेरेको उनको भनाइ थियो। भेटलाई सुखद संयोग ठानेका प्रधानमन्त्री प्रचण्डले भेटबाट नेपालको वर्तमान स्थिति र नेपाल राष्ट्रको बारेमा त्रिदेशीय साझेदारीको रणनीतिमार्फत भारत, चीन र नेपालले उठाउन सक्ने लाभका विषयमा गम्भिर रुपमा चर्चा भएको बताए।
भेटबाट नेपालमा भएको अनावश्यक टिकाटिप्पणीबारे दुख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसबाट राष्ट्रिय हित प्रवर्द्धनमा टेवा नपुग्ने उल्लेख गरे। अनावश्यक टिकाटिप्पणीमार्फत आधारहीन विषयहरुलाई उचाल्दा नेपालको छिमेकी राष्ट्रहरुसँगको सम्बन्धमा असर पर्न सक्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्