
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रकै नेताहरुबाट असहयोग व्यहोरीरहेका छन् । नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका दाहाललाई उनकै पार्टीहरु केही वरिष्ठ नेताहरुले असहयोग गर्दै आईरहेको स्रोतले जनाएको छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री दाहाललाई असहयोग गर्दै असफल बनाउने नेताहरुको सुची बढ्दै गएको छ । ‘प्रधानमन्त्रीको कार्यशैलीका विषयमा सुरुदेखी नै मतभेद हुदै आएको छ । हामीले एउटा कुरा गछौँ, उहाँ अर्को बाटो हिड्दै हुनुहुन्छ ।’ असन्तुष्ट एक नेताले भने ‘ उहाँलाई हाम्रो सहयोग नै आवश्यक छैन जस्तो छ ।’
पार्टीका तर्फबाट मन्त्री छान्ने देखी मधेशी मोर्चाले राखेका मागहरु सम्बोधन गराउँछु भन्दै गरेको प्रतिवद्धता पुरा नगरेका कारण नेकपा माओवादी केन्द्रमा असन्तुष्टि चुलिएको हो । असन्तुष्ट मध्यका अर्का नेताले भने ‘उहाँको क्याबिनेटमा रहेका मन्त्रीहरु र सचिवालय नै गतिहिन छ । हामीले बाहिरबाट जति नै इफोर्ट लगाएपनि कहीँ पनि पुग्न सकिन्न ।’
यसरी प्रधानमन्त्री दाहालसंग असन्तुष्टि जनाउनेहरुमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, गिरिराजमणी पोखरेल, अमिक शेरचन, लिलामणी पोखरेल, दिनानाथ शर्मा लगायतका रहेका छन् । वरिष्ठ नेता श्रेष्ठले अध्यक्ष दाहाल प्रधानमन्त्री भएपछी पार्टी दिशाहिन बनेको बताउने गरेका छन् । उनको असन्तुष्टि प्रधानमन्त्रीको कार्यशैलीका विषयमा बढी केन्द्रीत रहेको उनी निकट स्रोत बताउँछ ।
यस्तै, माओवादी केन्द्रका अर्का प्रभावशाली नेता टोपबहादुर रायमाझीले सरकार निर्माण भएको दुई महिना भन्दा बढी समय बितेपनि देखाउन लायक एउटा पनि काम नभएको गुनाशो कार्यकर्ताहरुसंग गरेका छन् । उनले यसपटक काँग्रेससंग मिलेर सरकारमा जाने कार्य पार्टीका लागि घातक रहेकोले अब तत्काल सरकारबाट फिर्ता भएर नयाँ समिकरण बनाउनुपर्ने मत अघि सारेका छन् ।
पार्टीको बैठकमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसंगको दुरी तत्काल घटाउने, चीनसंग अघिल्लो सरकारले गरेका सम्झौताहरु कार्यन्वयन प्रक्रिया अघि बढाउने र समयमै स्थानिय तहको निर्वाचनको वातावरण बनाउने काममा प्रधानमन्त्री दाहाल गिरेको असन्तुष्ट नेताहरुको दावी छ ।
एकता प्रक्रियामा आएको रामबहादुर थापाको समुह भने अहिलेलाई मौन देखिएको छ । सो समुहले अहिले तत्काललाई सन्तुलित व्यवहार गर्ने रणनीति बनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्