Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डले राती नै किन भेट्दैछन् मोदीलाई

अर्थ सरोकार

 
काठमाडौँ – ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग  भेट्दैछन् । प्रधानमन्त्रीले मोदीसँग राति साढे ८ मा भेट्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । यसअघि मोदी र चिनियाँ राष्ट्रपतिलाई प्रचण्डले आकस्मिक रुपमा सँगै भेटेका थिए ।

औपचारिक भेट भने आज मात्र हुन लागेको हो । सम्मेलनको पूर्वनिर्धारित कार्यक्रमका कारण समय अभाव भएकाले रातिको समय मात्र भेटका लागि मिलेको बताइएको छ ।

भेटका क्रममा द्विपक्षीय चासो र हितका साथै यसअघि भ्रमणका क्रममा भएका सम्झौता कार्यान्यवन र सार्क शिखर सम्मेलनको मिति तथा स्थानबारे समेत प्रचण्डले छलफल गर्ने उनका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारीले जानकारी दिए ।

प्रचण्डले यसअघि हिजो चिनियाँ राष्ट्रपति सी र भुटानका प्रधानमन्त्री छिरिङ तोग्वेसँग भेटवार्ता गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK