
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार बनेको दुइ महिना पुरा नहुँदै अर्को राजनीतिक खेल शुरु भएको छ । सत्तारुढ कांग्रेस भित्रैको एक समुह, मधेसवादी दल, राप्रपा नेपाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बीचमा सरकार परिवर्तनको लागि गोप्य छलफल र भेटघाट बाक्लिन थालेको छ ।
गत शुक्रबार राजधानीको सोल्टी क्राउन प्लाजामा नेताहरुबीच गोप्य छलफल भएको खुलाशा भएको छ । छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता शेखर कोइराला, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री भिम रावल, मधेसवादी दलका अधिकांश नेताहरु सहभागी थिए ।
उनीहरुबीचको छलफलपछि मधेसी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई संविधान संशोधनको लागि कार्तिक १५ सम्मको अल्टिमेटम दिएको थियो । सोही दिन बेलुका मधेसी मोर्चाले प्रचण्ड सरकारलाई अल्टिमेटम दिएको थियो । ‘हामीले यो सरकारलाई कार्तिक १५ सम्मको म्याद दिएका छौँ,’ छलफलमा सहभागी एक नेताले भने,‘यो सहभागीताले अर्को राजनीतिक अभ्यासको संकेत गर्दछ ।’
प्रचण्ड नेतृत्वको सरकार बन्न मधेसी मोर्चाले सहयोग गरेपनि पछिल्लो समय संविधान संशोधनको मुद्दा अगाडी नबढेपछि मोर्चाले समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ । प्रचण्ड सरकार ढाल्ने खेल भइरहेको खबर भने बालुवाटारमा पुगिसकेको छ । संसदीय राजनीतिको सबैखेलहरु सिक्दै गरेका प्रचण्ड भने कांग्रेस माओवादी सम्बन्धको भविष्य जोगाउन ‘रणनीतिक’ योजना बनाउँदै छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्