Skip to content

प्रधानमन्त्रीले गराए आफ्नो पार्टीलाई चीन र भारतका सरकार प्रमुखसँगको भेटबारे जानकारी

Dish Home

अर्थ सरोकार

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा सम्पन्न ब्रिक्स–बिम्स्टेक विस्तारित बैठकबारे आफ्नो दल नेकपा (माओवादी केन्द्र) संसदीय दलमा जानकारी गराएका छन् ।

गत असोज २९ देखि यही कात्तिक १ गतेसम्म भएको सम्मेलनमा नेपालले खेलेको भूमिका, छिमेकी मुलुक चीन र भारतका सरकार प्रमुखसँगको भेटबारे जानकारी गराएका हुन् ।
सो दलका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले गोवा सम्मेलन र त्यसबारे उठेका विभिन्न टिप्पणीबारे स्पष्ट पारेको पत्रकारलाई जानकारी दिए । प्रधानमन्त्री दाहाल र चीन तथा भारतका सरकार प्रमुखको संयोगवश भएको अनौपचारिक भेटलाई त्रिपक्षीय वार्ता सन्देश प्रवाह भएपछि विभिन्न टिप्पणी उठेको थियो ।
यसै सन्दर्भमा प्रधानमन्त्री दाहालले आज व्यवस्थापिका–संसद्मा सम्बोधन गर्दैछन् । यस्तै, बैठकमा सो दलबाट सरकारमा सहभागी मन्त्रीहरूका कामबारे पनि समीक्षा भएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्