
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज चिनियाँ उद्योग वाणिज्यका लागि राज्य प्रशासनमन्त्री झाङ माओले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले मन्त्री माओको नेपाल भ्रमणका अवसरमा दुई देशबीच बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी सहमतिमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरे ।
नेपाल र चीनबीच सदियौंदेखिको सुमधुर सम्बन्धको स्मरण गर्दै उनले आगामी दिनमा पनि यो सम्वन्ध थप सुदृढ बनाउन यस्ता भ्रमणको ठूलो भुमिका रहने बताएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार चीनले अघि बढाएको ‘वान वेल्ट वान रोड’को सर्हाना गर्दै त्यसमा नेपालले सहभागी भई लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा मन्त्री झाङले नेपाल र चीन बीचका परियोजना राम्रोसँग अघि बढेको बताउँदै चिनीयाँ कम्पनीका लागि यहाँ काम गर्ने राम्रो वातावरण भएकोमा खुशी व्यक्त गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्