
काठमाडौं – माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको मधेसी मोर्चासहितको संघीय गठबन्धका नेताहरुले विभिन्न खालका टिकाटिप्पणी गरेका छन् ।
शुक्रबार बसेको संघीय गठबन्धनको बैैंठकमा नेताहरुले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको तुलना गरेका हुन् । उनीहरुले बैंठकमा दुवै अध्यक्षद्वयको विश्लेषण गरेका थिए ।
बैंठकमा मधेसी नेताहरुले केपी ओलीलाई स्पष्टवादी भन्दै प्रचण्डलाई प्रचण्डलाई ‘ढाँट’ (पछाडि)बाट छुरा रोप्ने मित्र’को संज्ञा दिए । गत साउन १९मा प्रचण्ड प्रधानमन्त्री बन्दा मधेसी मोर्चासहित तीनबुँदे सहमति जारी गरेर मधेसी मोर्चा र गठबन्धनका नेताहरुले भोट दिएर प्रचण्डलाई ‘प्रधानमन्त्री’ बनाएका थिए । तर प्रधानमन्त्री बनेको चार महिना नबित्दै गठबन्धन प्रचण्डसँग रुष्ट बनेको थियो ।
गठवन्धनको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्डको बोलीमा कुनै ‘ठेगान’ नै छैंन । म प्रष्टका साथ भन्छु,‘विरोधी नै भए पनि ओली मनमा लागेको कुरा प्रष्टसँग भन्छन् । तर, प्रचण्डले भित्र हुन्छ भन्ने तर, पछाडिबाट छुरा रोप्ने प्रवृत्ति देखाएका छन् ।’
बैठकमा तमलोपाका नेता वृषेशचन्द्र लालले प्रचण्डको तीन प्रवृत्ति रहेको भन्दै उनी आफ्नो फाइदाका लागि एक घन्टामा नै बोली फेर्न सक्ने उपयोगवादी नेता भएको बताए ।
मधेसी मोर्चासहितको गठबन्धनले यहि कार्तिक २६ र २७ गते बैठक बसेर सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिने भएका छन् । यदि यसो नभए आन्दोलनमा जाने उनीहरुले बैंठकमा जानकारी गराएका छन् ।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्