
काठमाडौं – सरकार गठनका बेला पुष्पकमल दाहाललाई प्रधानमन्त्री निर्वाचनमा मतदान गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूलाई धोखा भएको यसअघि नै जनाइ सकेको छ ।
औपचारिक रुपमा धोखा भएको नजनाए पनि मधेसी मोर्चाले तीन बुँदेको कार्यान्वयन हुन बाँकी केही बुँदा पूरा नभए छठपछि सरकारलाई दिएको समर्थनमा पुनः विचार गर्ने सार्वजनिक कार्यक्रमका अभिव्यक्तिबाट आएका छन् । यसको पुष्टि राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले पनि जनाइ सकेका छन् ।
‘मधेस आन्दोलन जारी रहेकै बेला जोखिम मोलेर प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरियो’, उनले भने, ‘आन्दोलनका बेला लगाइएका झुठ्ठा मुद्दा फिर्ता लिनु पर्दैन ?’
सरकारका तर्फबाट आफूहरूलाई गम्भीर धोखा भएको महशुस गरिएको झाको बुझाइ छ । उनले शहीद घोषणामा केही व्यक्ति छुटे पनि मुद्दा फिर्ताको विषय गम्भीर रहेको उल्लेख गरे ।
संविधान संशोधनका विषयमा पनि माओवादी केन्द्र र कांग्रेसले खासै मन लगाएर परामर्श नगरेको उनको भनाइ छ ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले पनि संविधान संशोधन गरेर सीमाङ्कन, नागरिकता लगायतका विषयमा ठोस निर्णय नहुँदासम्म सरकारलाई हेर्ने धारणामा मधेसी मोर्चाको कुनै परिवर्तन नहुने बताउँछन् ।
‘हाम्रो तर्फबाट गर्ने कुरा हामीले गरिसकेका छौँ’, उनले भने, ‘अब पालो सरकारको हो । हाम्रा माग पूरा छिटो होस् । सधै कुरेर बस्ने अवस्था छैन ।’
मधेसी मोर्चा सरकारले माग पूरा गरेन भने छठपछि आफ्नो समर्थनमा पुनः विचारको पक्षमा छ । आवश्यक परेमा मोर्चाले दाहाल सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन सक्ने नेताहरूको भनाइ छ ।
अहिले यूरोप भ्रमणमा रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् संघीय गठबन्धनका अध्यक्ष उपेन्द्र यादव असोज २५ गते दसैँ टीकाको दिन स्वदेश फिर्ता हुँदैछन् ।
उनी फिर्ता भएपछि अरु विषयमा छलफल हुने यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिए ।
- दैनिक नेपाल
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्